भूकम्पको घाउमा, कोरोनाको नुनचुक

 बैशाख २४, २०७७

विनाशकारी भूकम्प गएको ५ वर्ष पुरा भएको छ । बलियो र सुन्दर घरमा बस्ने रहर सबैलाई हुन्छ । घर मानिसको हर प्रकारको सुखदुख बिसाउने चौतारी हो । मानिस केहीसमय भोक सुत्न सक्छ । भोको पेटलाई पनि सुरक्षाका लागि घर चाहिन्छ । विनाशकारी भूकम्प पछि अधिकांश मध्यम परिवारहरुले घर निर्माण गरि सुरक्षित हिसाबले जिवनयापन गरि सकेका छन । तर सामाजिक, आर्थिक, राजनैतिक, साँस्कृतिक, पारिवारिक हिसाबले पछाडी परेका वर्गहरु घर निर्माण गर्न सकि रहेका छैनन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अति जोखिममा रहेका परिवारहरुको पहिचान गरि समयसिमा थप गर्ने निती निर्देशिका निर्माण गर्‍यो । तर कठिन र जर्जर अवस्थामा गुज्र्रीरहेको परिवारहरुलाई समयसिमा मात्र थप्ने निर्देशिकाले मात्र उल्लेख्य परिवर्तन गर्न सकेन । ती परिवारहरु आर्थिक, सामाजिक र प्राविधिक पक्षमा विशेष सहायताको पर्खाईमा थिए । तर त्यसो हुन सकेन । र हाल सम्म पनि व्यक्तीगत घर पुननिर्माणको अभियानमा ठुलो संख्या रुमलि रहेको छ ।

मकवानपुर जिल्लाको थाहा नगरपालिका–५ का महाविर गोले७४ वर्षका भए । उनी कमजोर आर्थिक अवस्थाका बाबजुद जिवन जिउदै छन । उनको जिवनको कथा सुन्ने हो भने मुटु अलि दरो बनाउनु पर्छ । समय कति निर्दय हुन्छ, उनलाई मात्र थाहा छ । उनीसँग दुख, पिडा र विछोडको थुप्रो छ । अभैm जिन्दागीले विश्राम नलिए सम्म कति दुख आउने हो, थाहा छैन । विवाह पछि छोरो जन्मिएको केही वर्षमा श्रीमतीले छाडेर गए । दुधे बालकलाई जसो तसो कष्टले हुर्काए । छारो हुक्र्यो, बिहे गरे । २ नाती जन्मिए । बुढ्यौली लाग्दै गर्दा महाविर प्यारालाईसिस भए । छोरो करेन्ट लागेर मरे । बुहारीले धर्म छोडिन । अर्कैसँग विहे गरिन र गाँउ छाडे । फेरि दुधे नातीहरुको जिम्मेवारी आई पर्‍यो ।

२०७२ सालमा भूकम्प आयो । घर पुन बस्न नमिल्ने गरि भत्कियो । तर अर्को घर निर्माण गर्ने क्षमता नै भएन । कहाँ बस्ने ? त्रिपालले आधा बाँकी बसेको घरलाई छोपे । धराप घरमा २ नाती सहित बस्दै छन् । महाविरको दुख सकेका रहेनछ । अभैm कति भाग्नु पर्ने हो, थाहा छैन । ४ वर्ष सम्म घर बन्ने आशा गुमाए । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अन्तिम पटक म्याद थप्दा, केही गैर सरकारी संस्थाहरुले प्राविधिक र निर्माण सामाग्र्रीमा केही सहयोग गर्ने भए । तब, बल्ल घर बन्ने झिनो आशा जाग्यो । घर बनाउन थाले । घर बन्दै थियो । छानो छाउदै थियो । लकडाउन भयो । तेस्रो किस्ता रोकियो । निर्माण सामाग्र्री पनि रोकियो । अहिले फिनिसिङ्ख गरि नयाँ घरमा सर्ने सपना कोमा छ । कोरोनाले पारेको असर र चोटको हिसाब किताब छैन ।

तपाईंको प्रतिक्रिया