रुकुम घटनाको विरोधमा तुलसीपुरमा एक घण्टा धर्ना
तुलसीपुर,२९ जेठ ।
रुकुम पश्चिम चौरजहारी ८ सोतीमा भएको घटनाको विरोध गर्दै संयूक्त दलित युवा अभियानले तुलसीपुरमा एक घण्टा धर्ना दिएको छ । जातिय विभेदकै कारण भएको उक्त घटनाको विरोधमा यस अघि र्याली निकालेको अभियानले आज धर्ना कार्यक्रमको आयोजना गरेका थियो ।
विहान ८ बजेदेखि ९ बजे सम्म तुलसीपुरको विपी चौकमा धर्ना दिएका थिए ।
त्यस अवसरमा ५० बढि युवाहरुको सहभागिता रहेको थियो । धर्ना पछि आयोजित सभालाई सम्बोधन गर्दै अभियानका संयोजक खेमराज विश्वकर्माले छ जनाको ज्यान गरि भएको उक्त घटनाको विरोध गर्दै सत्य तथ्य छानविनको लागि दवाव दिन धर्ना दिएको जानकारी दिएका छन । उक्त नरसंहार घटनाको दोषि उम्कने गरि घटना तोडमोड गर्न खोजे दलित युवाहरु नछाड्ने र निरन्तर खबरदारी गर्ने उनले बताएका थिए ।
सह संयोजक शेर बहादुर परियारले नवराज विक सहित ज्यान गुमाएका परीवारलाई राज्यले न्याय दिन नसके आन्दोलनलाई अझ शसक्त बनाईने बताएका थिए ।
तपाईंको प्रतिक्रिया