दाङमा कोरोना संक्रमित थपिदै, एकै दिन ५६ संक्रमित थपिए

 असार ०२, २०७७

दाङ,२ असार ।

दाङमा एकै दिन ५६ जना कोरोना संक्रमित थपिएका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना परीक्षणका क्रममा ५६ संक्रमित थपिएका हुन । संक्रमित मध्य ४६ जना पुरुष र १० जना महिलाहरु रहेका छन् । यो सँगै दाङमा कोरोना संक्रमितको संख्या दुई सय ४२ जना पुगेको छ ।

घोराही वडा नम्वर ४ मा मात्रै ४७ जनालाई कोरोना पुष्टि भएको छ । जसमा ३८ पुरुष र ९ महिला रहेका छन् । यस्तै घोराही ११ मा ३ पुरुष , वडा नम्वर १२ मा ४ पुरुष छन् । यस्तै घोराही १५ मा १ जना पुरुष र राजपुर गाउँपालिका १ मा एक महिलामा पनि कोरोना पुष्टि भएको छ । उनीहरु सवै केहि समय अघि भारतबाट नेपाल आएर क्वारेन्टाईनमा बसेका हुन् ।

तपाईंको प्रतिक्रिया