थप ४२६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८२७४ पुग्यो

तुलसीपुर,५ असार ।
नेपालमा शुक्रबार दुई सय १६ जना कोरोना भाइरसबाट मुक्त अस्पतालबाट डिर्स्चाज भएका छन् । वितेकाे २४ घण्टामा दुई सय १६ जनाले काेराेना जितेर घर फर्किएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । योसँगै नेपालमा कोरोना जितेर घर फर्किनेको संख्या एक हजार चार सय २ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
विगत २४ घण्टामा काेराेना संक्रमणबाट कसैकाे पनि मृत्यु भएकाे छैन् । हालसम्म नेपालमा २२ जनाले काेराेना संक्रमणबाट ज्यान गुमाएका छन् । शुक्रबार एकैदिन नेपालमा ४ सय २६ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ८ हजार २ सय ७४ पुगेकाे छ ।
तपाईंको प्रतिक्रिया