क्वारेन्टाईनमा दिनहु सोध्छन हाम्रो रिर्पोट आयो

 असार ०९, २०७७

तुलसीपुर,९ असार ।

स्वाव संकलन गरि लिएको एक हप्ता भन्दा बढि भैसकेको छ । तर पनि रिर्पोट आउदैन । क्वारेन्टाईनमा बसेकाहरु दिक्क बनिसकेका छन । उनिहरुले सधै जसो क्वारेन्टाईनमा रहेका श्वास्थ्यकर्मि संग रिर्पोट बारे सोध्ने र किन ढिला भएको भनेर चर्को स्वरमा आक्रोस पोख्ने गरेका छन । भारतका विभिन्न स्थानबाट आएर क्वारेण्टाइनमा बसेको एक महिना पुग्नै लाग्दा सम्म रिर्पोट नआएको उनिहरुले बताएका छन ।

यता, तुलसीपुर क्षेत्रमा अझै चार सय बढिको कोरोना परीक्षण रिर्पोट आउन बाँकी रहेको छ । कोभिड १९ तुलसीपुरका फोकल पर्सन विमल केसीका अनुसार तुलसीपुरका विभिन्न क्वारेन्टाईनमा बसेका ४३५ जनाको पिसिआर रिपोट आउन बाँकी रहेको छ । जसमा अश्वारा क्स्वारेन्टाईनका २० जना, वालापुर ६७ जना , विजौरी १०८ जना , खौसापुरमा २६ जना , पर्सेनी २० जना , उरहरिमा ५४ जना ,रक्षाचौरमा १३१ जना , सेन्टर माविमा ९ जना गरी जम्मा ४३५ जनाको पिसिआर रिपोट आउन बाँकी रहेको छ ।

तपाईंको प्रतिक्रिया