दाङमा १९ संक्रमित थपिए

 असार ०९, २०७७

तुलसीपुर,९ असार ।

दाङको बंगलाचुली गाउँपालिका र लमही नगरपालिकामा १९ कोरोना संक्रमित थपिएका छन् । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा मंगलवार पिसिआर विधिबाट कोरोना परिक्षण गर्दा बंगलाचुलीका १८ र लमही नगरपालिकाका १ जना गरी १९ जनामा कोरोना पुष्टि भएको हो ।

संक्रमित सबै बंगलाचलुलीको क्वारेन्टाईनमा बसेका हुन । यो सँगै जिल्लामा कोरोना संक्रमितको संख्या ३०४ पुगेको छ ।

तपाईंको प्रतिक्रिया