प्रतिवद्धता पूरा गर्दै कपुरकाेटका अध्यक्ष

 असार १२, २०७७

सल्यान, १२ असार ।

कपुरकोट गाउँपालिकामा रहेका सामुदायीक स्वास्थ्य ईकाइ तथा विद्यालयमा सौर्य उर्जा संगै विद्युतिय सामग्री जडान भएको छ । गत फागुनमा गाउँपालिका अध्यक्ष भिम बहादुर सेनले गरेको प्रतिवद्धता अनुसार कम्प्युटर तथा प्रिन्टरको ब्यवस्था गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिरालाल भण्डारीले बताए ।

कपुरकोट १ मा रहेको सामुदायीक स्वास्थय ईकाई, दववन प्रावि, जनचेतना प्रावि र कपुरकोट ६ मा रहेको जानकी आधारभुत विद्यालयमा एक एक थान कम्प्युटर तथा प्रिन्टर उपलब्ध गराइएको उनले जानकारि दिए । विद्यालय तथा सामुदायीक स्वास्थ्य इकाईबाट प्रदान हुने सेवालाई प्रभावकारि, छिटो र छरितो बनाउनका लागि प्रविधिको उपयोगमा जोड दिइएको अध्यक्ष सेनले बताएका छन् ।

विद्यालय र सामुदायीक इकाईमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, सौर्य तथा वायु ऊर्जा शाखाबाट अनुदानमा एक किलो वाट क्षमताको सौर्य उर्जा प्रणाली पनि जडान भएको छ । कम्प्युटर, ल्यापटप, प्रिन्टर, फोटोकपी आदी सामग्री खरिदका लागी विद्यालय र स्वास्थय इकाइबाट आवश्यक बजेट ब्यवस्थापनका लागि गाउँपालिकामा माग भएको थियो ।

गाउँपालिकाले बिद्यालयमा चलिरहेको हस्तलिखित प्रणालीलाई अन्त्य गर्दै सुचना प्रबिधिमा पहँच सुनिश्चितता गरिने नीति लिएको छ । सबै बिद्यालयहरुमा आइसिटीको पहँच बिस्तार गर्ने उद्देश्य रहेको अध्यक्ष सेनले बताए ।

तपाईंको प्रतिक्रिया