तुलसीपुरमा सलह किरा

 असार १४, २०७७

तुलसीपुर,१३ असार ।
तुलसीपुर उपमहानरपालीका वडा नम्बर ४ खाद्रेमा सलह किरा देखा परेको छ । खाद्रे विद्यालय नजिकै सलह देखा परेकोे हो । आज विहान त्यस क्षेत्रमा सलह देखा परेपछि कृषि ज्ञान केन्द्र दाङका प्रमुख र कृषि शाखा कार्यालय तुलसीपुरका प्रमुखले स्थलगत अध्ययन गरेको वडा अध्यक्ष बालकृष्ण रानाले जानकारी दिएका छन् । अध्ययन पश्चात कृषि ज्ञान केन्द्र दाङका प्रमुख शन्देश धितालले सलह किरा नै भएको जानकारी दिएका छन् ।

उनले त्यस क्षेत्रमा भेटिएको सलहको फोटो खिचेर नेपाल कृषि अनुसन्धान परिषदमा पठाउदा सलह किरा भएको पुष्टि भएको बताएका छन् । उनका अनुसार ठुलो मात्रामा नभई हुलबाट छुटीएर थोरै मात्रामा आएको हुन सक्ने अनुमान गरिएको छ । यो किरा हावा संगै फैलिने भएकाले तत्काल फैलन सक्ने अवस्था नभएको प्रमुख धितालले बताएका छन् । तर किसानहरु भने सचेत हुनुपर्ने उनले बताएका छन ।

तपाईंको प्रतिक्रिया