तुलसीपुरमा वडाध्यक्ष सहित ६ संक्रमित थपिए

 असार १६, २०७७

तुलसीपुर,१६ असार ।
तुलसीपुरका ६ जना सहित दाङमा २१ जनामा कोरोना पुष्टि भएको छ । राप्ती श्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा तुलसीपुर ७ मा रहेको मावि कालाखोला क्वारेन्टाईनमा बसेका ६ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

उनिहरु मध्ये वडा नं ७ का वडा अध्यक्षमा कोरोना पुष्टि भएको जनाईएको छ । यस्तै घोराहीका ११ र शान्तीनगर गाँउपालीकाका ४ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानले जनाएको छ ।

तपाईंको प्रतिक्रिया