किसानलाई हलो बनाउन काठ

 जेठ २१, २०७७

तुलसीपुर,२१ जेठ ।
तुलसीपुर १३ मा रहेको जनकल्यान सामुदायिक बन समुहमा आवद्ध किसानहरुलाई काठ वितरण गरेको छ । उनिहरुको माग भए अनुसार शव डिभिजन बिजौरीबाट कटान आदेश लिई किसानलाई आवस्यक पर्ने हलो,जुवा बनाउन काठ विरतण गरिएको हो ।

समुहका १ सय ३० घर घरधुरी लाई प्रति किसान डेढ क्युफिट पर्नेगरि काठ वितरण गरिएको बन समुहका उपाध्यक्ष गोविन्द सुवेदीले जानकारी दिएका छन । प्रति क्युफीट ६ सय रुपैयाका दरले वितरण गरिएको हो । बन समुहका अध्यक्ष तिर्थराज चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा उपभोत्ताहरुको सहभागिता रहेको थियो ।

तपाईंको प्रतिक्रिया