शोभाराम बस्नेतलाई बधाईको ओईरो

 असार १७, २०७७

तुलसीपुर,१७ असार ।

सुकुम्बासी आयोगको केन्द्रिय सदस्य पदमा नियुक्त भएपछि नेकपाका पुराना नेता शोभाराम बस्नेतले बधाई तथा सम्मान पाईरहेका छन । तुलसीपुर ११ हस्नापुर निवासी बस्नेतलाई घरमै पुगेर बधाई दिने क्रम चलिरहेको छ । यसैक्रममा आज विहान नेकपा ११ नम्बर वडा कमिटीले घरमै पुगेर बधाई तथा सम्मान कार्यक्रम गरेको छ । वडा कमिटिका अध्यक्ष लोकजङ्ग शाहको अध्यक्षता तथा नेता बस्नेतको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।

सो अवसरमा बोल्दै नेता बस्नेतले जग्गाको मालिक बन्ने जनताको सपना पुरा हुने बताएका थिए । उनले समानताका आधारमा निति अनुसार नै सकुम्वासी समस्या समाधानका गर्ने बताएका थिए । लामो समय सम्मको राजनितिक भोगाई अनुसार गरिव,बिपन्न समुदायको जिवन स्तरबारे जानकार रहेको हुदा यसको समाधान गर्न आफुलाई दिईएको जिम्मेवारी प्रति आभार ब्यक्त गरेका थिए ।

सो अवसरमा तुलसीपुर उपमहानगरका नगर प्रमुखको सचिवालय प्रमुख मान बहादुर रावत,नेकपाका नेताहरु लिलाधर डाँगी,हरी प्रसाद ओली,भागिराम चौधरी, युवा संघका माधव बुढाथोकी, पुर्ण केसी, लगायतको सहभागिता रहेको थियो । बस्नेतलाई पाँच नम्वर प्रदेश हेर्ने गरी प्रदेश सरकारको मंगलवार बसेको मन्त्रीपरिषद बैठकले आयोग सदस्यमा नियुक्त गरेको हो ।

तपाईंको प्रतिक्रिया