प्रतिष्ठानले कोरोना परीक्षण गर्न थाल्यो, दाङका ५ जनामा कोरोना पुष्टि
तुलसीपुर,२५ असार ।
दाङमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती श्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको परीक्षणमा घोराहीका ५ जनामा कोरोना पोजेटिभ देखिएको हो । उपमहानरका विभिन्न क्वारेन्टाईनबाट संकलन गरिएको ५१ जना मध्ये ४६ जनाको रिर्पोट नेगेटिभ आएको प्रतिष्ठानले जनाएको छ । यस्तै सल्यान सिद्धकुमाखका ३ जना र प्रतिष्ठानमा कार्यरत ९ जना कर्मचारीमा परीक्षण गर्दा सबैको रिर्पोट नेगेटिभ आएको छ ।
प्रतिष्ठानले प्रति स्वाव ५५ सय शुल्क माग्दै परीक्षण रोकेको थियो । जसका कारण विभिन्न स्थानिय तहले स्वाब अन्यत्र पठाउन थालेका थिए । यस बारेमा चर्को विरोध हुन थालेपछि मन्त्रालयले समेत शुल्क मागेपछि कारवाही गर्ने चेतावनी दिएपछि आज देखि प्रतिष्ठानले परीक्षण थालेको हो । आज प्रतिष्ठानले ६३ स्वाबको परीक्षण गरेको छ ।
तपाईंको प्रतिक्रिया