कचिलामा एक पुरुषको पानीमा डुबेर ज्यान गयो

 असार २८, २०७७


तुलसीपर,२८ असार ।

पानीमा डुवेर तुलसीपुरमा एक पुरुषको ज्यान गएको छ । ज्यान जानेमा उपमहानगरको वडा नम्बर १२ कचिला बस्ने बर्ष ६५ का कालिचरण चौधरी रहेको पाँच नम्बर प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । गएको २६ गते साझ गोठुवा भन्ने स्थानबाट आफ्नै खेतमा रोपाई गरी घर फिर्ता भएकोमा घर नआएको हुँदा निजका आफन्तहरुले खोज्दै जादा बबई नदिमा मृत अबस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

घटनाबारे ईप्रका तुलसीपुरबाट थप अनुसन्धान भईरहेको छ ।

तपाईंको प्रतिक्रिया