रोल्पामा एक महिला मृत फेला

 असार २८, २०७७

तुलसीपर,२८ असार ।

रोल्पामा एक महिला मृत फेला परेकि छिन । जिल्लाको रोल्पा परिवर्तन गाँउपालीका वडा नम्बर ५ गरमझ्याम खोलामा थवाङ गापा ३ सैपु बस्ने पन्थराम बुढामगरको श्रीमती बर्ष ५४ कि बरमति बुढामगर मृत फेला परेको पाँच नम्बर प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

उनको मानसिक अवस्था ठिक नभएको र असार २४ गते बिहान घर देखि हिडेको प्रहरीले जनाएको छ । घटनाबारे ईप्रका घर्तिगाँउबाट थप अनुसन्धान भई रहेको जनाईएको छ ।

तपाईंको प्रतिक्रिया