दंगीशरणमका बिद्यार्थीलाई स्वाअध्ययन पाठ्यपुस्तक
दिप्तीशिखा चौधरी,दंगीशरण, २१ साउन ।
दंगीशरण गाउँपालिकाले विधार्थीहरुहरुलाई घरमै स्वाअध्ययन गर्न सक्ने भन्दै पाठ्यपुस्तक तयार गरेर वितरण गरेको छ । कोभिड १९ले गर्दा लामो समयको लकडाउनका कारण विधालय संचालनमा आउँन नसकेको भन्दै पालिकाले कार्यमुलक पाठ्यपुस्तक तयार गरेको जनाएको छ ।
विश्वमा कोरोना संक्रमण बढ्दै गएपछि सरकारले लकडाउनको समय थप गरेसंगै बालबालिकाहरु पढ्न बाट बञ्चित भएका छन् । बालबालीकाहरुलाई मनोरञ्जन संगसंगै पढाई प्रतीको रुचि बढाउँनका लागि घरमै रमाएर पढुन भन्ने उद्धेश्यले स्वाध्ययन सामग्री सहितको पुस्तक तयार पारी वितरण गरेको दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले बताए ।
यस पुस्तकबाट बिधार्थीहरु पढाई प्रति रुचि जगाउँने विश्वास लिएको अध्यक्ष चौधरीले बताए ।
गाउँपालिकामा अधिकांस बिधार्थीहरु रेडियो,टि.भी. को पहँुचमा नभएकाले यो खालको पुस्तक प्रकाशन गरि वितरण गरिएको गाउँपालिकाका प्रवक्ता विर बहादुर वलीले जानकारी दिए । गाउँपालिकाका केहि विधालयले घरमै गएर शिक्षण सिकाई क्रियाकलाप गराए पनि यो खालको पुस्तकले अझ विधार्थीहरुमा पढाई प्रतीको रुचि बढाउने सोचका साथ गाउँपालिकाले यो खालको पुस्तक प्रकाशन गरेर वितरण गरेको बताए ।
विधार्थीहरुलाई घरमै अभिभाबकले सिकाउँन सक्ने गरि पाठ्यपुरुतक तयार पारी वितरण गरेको शिक्षा शाखा प्रमुख विनोद अधिकारीले जानकारी दिए । उनका अनुशार बाल बिकास कक्षा देखि कक्षा ८ सम्मका विधार्थी बालबालीकाहरुलाई लक्षीत गरेर यस्तो पुस्तक प्रकाशन गरिएको हो । पुस्तकमा सबै विषयको एउटै पुस्तकमा अध्ययन गर्न सकिने गरि पुस्तक प्रकाशन गरिएको शिक्षा शाखा प्रमुख अधिकारीले बताए । गाउँपालिकाका १५ वटा सामुदायीक विधालयका २ हजार भन्दा बढि विद्मार्थीहरुलाई सो पुस्तक वितरण गर्न लागिएको शिक्ष शाखा प्रमुख अधिकारीले जानकारी दिए ।
तपाईंको प्रतिक्रिया