भारतमा २० लाखभन्दा धेरै कोरोना सङ्क्रमित

 साउन २३, २०७७

साउन, २३ ।
भारत विश्वमा २० लाख भन्दा धेरै कोरोना सङ्क्रमित हुने तेस्रो मुलुक बनेको छ । अमेरिका र ब्राजिलपछि भारतमा मात्रै २० लाखभन्दा धेरै सङ्क्रमित देखिएका छन् । भारतमा १० लाख सङ्क्रमित पछिल्लो तीन सातामा मात्रै थपिएका हुन् । यस अवधिमा ४२ प्रतिशत सङ्क्रमित भारतका आन्द्र प्रदेश, कर्नाटक, उत्तर प्रदेश, पश्चिम वंगाल र बिहारबाट थपिएका छन् ।

उत्तर प्रदेश, बिहार र पश्चिम वंगाल तीनवटै राज्य नेपालसँग सीमा जोडिएका भारतीय प्रदेश हुन् । हिजो एकै दिन भारतमा ६२ हजार नयाँ सङ्क्रमित थपिएका थिए । यससँगै भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या २० लाख २२ हजार ७ सय ३० पुगेको छ ।

तपाईंको प्रतिक्रिया