भारतीय तीन नागरीकमा कोरोना पुष्टि
तुलसीपुर,३२ साउन ।
दाङमा गरिएको कोरोना परिक्षणमा पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा आज १२१ जनामा कोरोना परिक्षण गर्दा ५ जनामा संक्रमण पुष्टि भएको हो । जसमा भारत घर भई हाल लमही बस्दै आएका १९ र २४ वर्ष उमेरका दुई पुरुष र कृष्णनगर ठेगाना भएका ४२ बर्षिय एक पुरुषमा संक्रमण पुष्टि भएको हो ।
लमहीबाट स्वाव संकलन गरिएको ५१ जनाको परिक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको प्रतिष्ठानले जनाएको छ । यस्तै रोल्पाको रुन्टीगढी गाउँपालिकाबाट २१ जनाको स्वाव परिक्षण गर्दा वडा नम्वर २ का २१ बर्षिय पुरुषमा कोरोना संक्रमण देखीएको छ । रोल्पाको लिवाङबाट संकलन गरिएको २८ जनाको स्वाव परिक्षण गर्दा रोल्पा नगरपालिका वडा नम्वर २ का एक जनाको रिपोट पनि पोजेटिभ आएको छ ।
तपाईंको प्रतिक्रिया