एकैदिन १८१४ कोरोना संक्रमित निको भए

 भदौ २१, २०७७


तुलसीपुर,२१ भदौ ।

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ८ सय १४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म डिस्चार्ज हुनेको संख्या २८ हजार ९ सय ४१ पुगेको छ । यस्तै थप ९८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४६ हजार २ सय ५७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १० हजार ३ सय ८२ पीसीआर परीक्षण गरिएको छ । हालसम्म ७ लाख ६८ हजार ३४५ पीसीआर परीक्षण भएको छ । देशभर सक्रिय संक्रमितको संख्या १७ हजार २७ रहेको छ । हाल क्वारेन्टिनमा ४ हजार ७ सय ३ जना रहेका छन् ।

तपाईंको प्रतिक्रिया