बाँकेमा २९ कोरोना संक्रमित थपिए

तुलसीपुर,२९ भदौ ।
बाँकेमा सोमबार २९ जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले भेरी अस्पताल, नेपालगञ्जमा २७ र बागेश्वरी ल्याबमा २ जनामा कोरोना पुष्टि भएको जानकारी दिए।
उनका अनुसार, सोमबार कोरोना देखिनेमा चिकित्सक, ल्याबकर्मी, यसअघि कोरोना देखिएका व्यक्तिका परिवार रहेका छन् । २९ जनामा खजुरा सात जना, कोहलपुरका सात जना र अरु नेपालगञ्जका छन् । योसँगै बाँकेमा एक हजार ४ सय ६९ जना संक्रमित पुगेका छे ।
यसैबीच, सोमबार ४० जना डिस्चार्ज भएका छन् । जिल्लामा डिस्चार्ज हुनेको संख्या एक हजार ३६ पुगेको छ ।
तपाईंको प्रतिक्रिया