२ हजार २० जनामा कोरोना संक्रमण

 असोज ०२, २०७७

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६१ हजार ५७३ पुगेको छ ।काठमाडौँ उपत्यकामा मात्रै शुक्रबार थप ८५९ जनामा कोरोना भाइरुसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ६९८, ललितपुरका ७९ तथा भक्तपुरका ८२ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ८७१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ४३ हजार ८२० पुगेको छ ।

पछिल्लो २४ घण्टामा ११ हजार ४ सय ५८ जनाको पीसीआर परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल देशभर १७ हजार ३ सय ८३ जना कोरोना संक्रमित छन् । क्वारेन्टिनमा रहेकाहरुको संख्या ७ हजार ७ सय ३६ रहेको छ ।

तपाईंको प्रतिक्रिया