नेपाल ईन्स्योरेन्स कम्पनी ७४ बर्षमा प्रबेश

 असोज ०८, २०७७


तुलसीपुर,८ असोज । नेपाल ईन्स्योरेन्स कम्पनी लिमिडेटले आज आफ्नो ७३औं बार्षिक उत्सव विविध कार्यक्रम गरि मनाएको छ । नेपालकै पहिलो ईन्स्योरेन्स कम्पनीका रुपमा परीचित उक्त कम्पनीले कोरोना महामारीका कारण भब्य रुपमा कार्यक्रम नगरी सामन्य रुपमा मनाएको जनाएको छ । यता तुलसीपुर शाखाले पनि स्थापनाको अवसरमा एक कार्यक्रमको आयोजना गरेको छ । शाखा प्रमुख विबेक चन्दले केक काटेर बार्षिक उत्सव मनाएको छ । त्यस अबसरमा बोल्दै उनले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैमा धन्यबाद ज्ञापन गरेका छन । साथै सेवा प्रति तत्पर रहेको हुदा सबैको साथ सहयोग प्रति विश्वस्त रहेको समेत बताएका छन ।
कार्यक्रममा शाखाका अन्डर राईटीङ पबित्रा डिसी,मार्केटिङ कैलाश चन्द,अन्जु ढकाल खड्का, ईन्स्योरेन्स क्लवका अध्यक्ष बेद प्रसाद अधिकारी, सुनिल भण्डरी लगायतको सहभागिता रहेको थियो । नेपाल ईन्स्योरेन्स कम्पनी लिमिडेटले अहिले ४९ शाखाहरुबाट सेवा दिईरहेको छ ।।

तपाईंको प्रतिक्रिया