कोरोनाको जोखिम झन बढ्दै, तुलसीपुरमा आज पनि १४ संक्रमित थपिए
तुलसीपुर ।
तुलसीपुरमा आज पनि १४ जनामा कोरोना पुष्टि भएको छ । राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको फिवर क्लिनिक वाट लिइएको स्वावमा ३ जना महिला र ११ जना पुरुषमा कोरोना पुष्टि भएको कोभिड १९ फोकल पर्सन बिमल केसीले जानकारी दिएका छन । संक्रमित हुनेमा
वर्डा नं ५ का ४ जना,वडा नम्बर ६ का ४ जना,वडा नम्बर १८ का ४ जना,वडा नम्बर १५ र १९ का १÷१ जना रहेका छन ।
यो संगै तुलसीपुरमा कोरोना संक्रमित संख्या ३०२ पुगेको छ भने सक्रिय संक्रमित ९४ जना रहेको केसीले जानकारी दिए । यस अघि हिजो हिजो नगर प्रमुख सहित २१ संक्रमित थपिएका थिए ।
तपाईंको प्रतिक्रिया