५ वर्षिय छोरी सहित महिला बेपत्ता

 कार्तिक ०५, २०७७

बिजौरी ।

असोज २७ गतेदेखि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ छिल्लीकोटका एक महिला छोरी सहित बेपत्ता भएकी छन् । तुलसीपुर १९ बिजौरीमा बस्दै आएकी २२ वर्षिय दिलमाया वली वडा नम्बर १८ खोलिगाउँ माइत जाने भनी हिडेकी ससुरा नाता पर्ने वीरबहादुर वलीले जानकारी दिनुभयो ।

५ वर्षिय छोरी सहित बेपत्ता भएकी दिलमायाका श्रीमान रोजगारीका शिलशिलामा साउदी रहेका छन् । माइतमा पनि सोही दिन साझ नै फर्किएको जानकारी दिएको वीरबहादुर वलीले बताउनुभयो । बेपत्ता भए लगत्तै प्रहरी समक्ष समेत जानकारी गराइएको छ । श्रीमान्ले ८ लाख ८५ हजार रकम विदेश गएपश्चात् पठाएको जानकारी पाएको वीरबहादुर वलीले बताउनुभयो । यता महिला र बालिकालाई कतै फेला पारे परिवार वा नजिकको प्रहरी कार्यालयलाई जानकारी दिन वीरबहादुर वलीले जानकारी दिनुभयो ।

तपाईंको प्रतिक्रिया