तुलसीपुरका पाँच वडा बन्द

 कार्तिक २४, २०७७

तुलसीपुर ।

कोरोना संक्रमणको जोखिम लाई मध्यनजर गर्दै तुलसीपुरको वडा नम्बर ११ पनि बन्द भएको छ । वडा कार्यालयले आज एक सुचना जारी गर्दै वडामा रहेका विद्यालयहरु पनि बन्द गर्न अनुरोध गरेको छ । वडा सचिव लक्ष्मी राणाद्धारा हस्ताक्षरीत सुचनामा कार्तिक २८ गते सम्म बन्द गरिएको उल्लेख गरिएको छ । यस अघि तुलसीपुर उपमहानगरपालिका वडा नम्वर २,५,८ र ९ को वडा कार्यालयले एक साता सम्म सेवा बन्द गरेका छन ।

तपाईंको प्रतिक्रिया