वर्षेनी बढ्दैछन् महिला हिंसाका घटना

काठमाडौँ ।
आज नोभेम्बर २५ अर्थात् महिला हिंसाविरुद्धको दिवस । हिंसाको अन्त्य गर्न २०७५ सालदेखि देशभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ । ‘लैङिगक हिंसा अन्त्यको प्रतिवद्धता : व्यक्ति, समाज र सबैको ऐक्यवद्धता’ भन्ने मुल नाराका साथ आजकै दिनबाट डिसेम्बर ९ सम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ । २०५४ सालदेखि यो अभियान निरन्तर चलिरहेको छ ।
लैङ्गिक हिंसाको अन्त्य तथा सन् २०३० सम्म विकासोन्मुख राष्ट्रतर्फ उन्मुख हुने उद्धेश्यले हरेक वर्ष १६ दिने अभियान सञ्चालन हुने गरेको महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले जनाएको छ ।
तपाईंको प्रतिक्रिया