भिटामिन ‘ए’ आज पनि खुवाईदै

 मङि्सर १२, २०७७

तुलसीपुर ।
दाङ सहित देशभर ५ बर्ष मुनिका बालबालिकालाई विहिवारबाट भिटामिन ए, जुकाको औषधी र बालभिटा खुवाउन सुरु गरिएको छ । प्रत्येक वर्षको दुई पटक छ÷छ महिनाको फरकमा बालबालिकालाई भिटामिन ए,जुकाको औषधी र बालभिटा खुवाउने गरिन्छ । सोहि अनुसार छ महिना देखी ५ बर्ष मुनिका बालबालिकालाई भिटामिन ए खुवाउन थालिएको छ ।

राष्ट्रिय कार्यक्रम अनुसार नै चालु आर्थिक बर्षको पहिलो चरणमा विहिवार र शुक्रवार दुई दिन सम्म खुवाईने भएको छ । दाङमा भने साढे ५८ हजार बालबालिकालाई भिटामिन ए खुवाउने तयारी थालिएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ । जिल्लाभर रहेका ५८ हजार ५ सय ७१ जना बालबालिकालाई भिटामिन ए क्याप्सुल खुवाउने लक्ष्य रहेको कार्यालयले बताएको छ ।

तपाईंको प्रतिक्रिया