दाङमा मास्क नलगाई हिड्ने एक हजार जना कारवाहीमा

 मङि्सर २०, २०७७

तुलसीपुर ।

दाङमा मास्क नलगाई हिड्ने १ हजार बढि कारवाहीमा परेका छन । कोरोना संक्रमण फैलन नदिन तथा रोकथामका लागी जिल्ला प्रशासन कार्यालय दाङले जारी गरेको सचूना अनुसार कार्तिक १९ गते देखि मंसीर १९ गतेसम्मको अवधिमा १ हजार ३० जना कारवाहीमा परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

उनिहरुलाई कारवाही गर्दा १ लाख ३ हजार रुपैया राजश्व समेत संकलन भएको छ । यसैविच, जिल्ला प्रशासन कार्यालय दाङले मास्क बिना बजार हिड्डुल गरेका नागरिकलाई मास्क लगाउन आग्रह गर्ने अभियान चलाएको छ ।

नागरिकले पछिल्नो समय यसलाई व्यवास्ता गरेपछि प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य सहित सुरक्षाकर्मीहरु दाङका प्रमुख बजार तुलसीपुर , घोराही र लमही क्षेत्रमा पुगेर नागरिकलाई मास्क लगाउने बारे सेचत गराएका छन् ।

तपाईंको प्रतिक्रिया