कतारमा काेराेना बिरुद्ध खोप लगाउन सुरु

 पुष ०९, २०७७

कतारमा खोप लगाउन सुरु गरिएको छ । फाइजर र बायोएनटेक कम्पनीले निर्माण गरेको कोभिड–१९ विरुद्धको पहिलो खोप कतार युनिभर्सिटीका पूर्व निर्देशक ७९ वर्षीय डा. अब्दुल्लाह अल कुबैसीले अल वजबा स्वास्थ्य केन्द्रमा पुगेर खोप लगाएको कतारको स्वाथ्य मन्त्रालयले जनाएको छ ।

पहिलो चरणको खोप डिसेम्बर २३ देखि जनवरी ३१ सम्म चल्ने हमाद मेडिकल कर्पोरेसनका सङ्क्रामक रोग प्रमुख डा. अब्दुल्लातीफ अल खलले बताए ।

तपाईंको प्रतिक्रिया