तुलसीपुरका १५ वडामा ओली समुहको कमिटि विस्तार
तुलसीपुर ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली केपी समूहका केन्द्रीय सदस्य घनश्याम पाण्डेले पार्टि भित्रबाट नै षडयन्त्र हुदा संसद विघटनको चाल्नु परेको बताएका छन् । तुलसीपुर उपमहागनरपालिका–८ कृष्णमन्दिरमा भएको वडा भेलाई सम्बोधन गर्दै उनले यस्तो बताएका थिए ।
भेलाले टोप बहादुर रोकाको अध्यक्षतामा ३३ सदस्य वडा कमीटी गठन गरिएको छ । जसको सचिवमा चन्द्रकान्त खरेल रहेका छन् । यसैविच नेकपा ओली समुहले तुलसीपुरका १५ वटा वडामा आफ्नो कमिटि विस्तार गरेको छ । १९ वडा मध्ये ४ वटा वडामा विविध कारणले आज भेला तथा कमिटि विस्तार नभएको सचिब माधव ओलीले जानकारी दिएका छन ।
तपाईंको प्रतिक्रिया