म्युजिक भिडियोमा जम्दै कुलदिप

 माघ ११, २०७७

काठमाडौ।
चलचित्र क्षेत्रमा स्थापित भैसकेका दङ्गाली कलाकर कुलदिप अधिकारीले म्युजिक भिडियोमा पनि आफ्नो अभिनय कला प्रस्तुत गरेका छन । थोरै खुशि मिल्छ यहाँ थोरै आँसु पनि बोलको गितमा कविता न्यौपानेका साथ जोडि बाधेर म्युजिक भिडियोमा देखिएका हुन । पण्डित बाजेको लौरी,कुम्भकरन जस्ता चलचित्रमा मुख्य भुमिका निभाएका कुलदिपले थुप्रै चलचित्रहरुमा छोटो भुमिकामा काम पनि गरिसकेका छन । चलचित्र क्षेत्रबाट म्युजिक भिडियो तर्फ फड्को मारेका अधिकारीलाई चलचित्रमा अभिनय गर्दा सहज कि म्युजिक भिडियोमा भन्ने प्रश्नमा दुबै क्षेत्रमा मेहनत र लगाव चाहिने र लगाव भएमा काम जुन क्षेत्रमा पनि सहज हुने बताए ।

प्रबिन बेडवाल र रङ्गिला बटलाको स्वरमा रहेको यो गितको भिडियोमा आफुले अत्यन्तै मेहनत गरेको र दर्शकहरुलाई पनि मनपर्नेमा आफू आशावादी भएको उनले बताए । पारिवारिक कथावस्तुमा तयार पारिएको म्युजिक भिडियोमा समृद्धि निरौलालाई बाल कलाकारको रुपमा देख्न सकिनेछ । गोपाल लोहारको शब्द रहेको गितमा वसन्त सापकोटाले संगीत भरेका छन भने विश्राम आचार्यले एरेन्ज गरेका हुन । बिमल धमलाको प्रोडक्सनमा तयार पारिएको गितमा श्याम तामाङको छायांकन,बिनोद लामाको मेकअप,रिता बलामीको हेयर डिजाइनिङ देख्न सकिन्छ ।

भिम लोहारले लगानी गरेको म्युजिक भिडियोको निर्देशन श्याम लामा र काजी लिम्बुले गरेको छन । यो गितको भिडियो आईतवार बेलुका ४ बजे Golo lohar युट्युव च्यानल मार्फत रिलिज गरिने छ ।

तपाईंको प्रतिक्रिया