कोरोनाबाट दाङका ६५ बर्षीय पुरुषको मृत्यु
नेपालगञ्ज ।
दाङका कोरोना संक्रमित पुरुषको बाँकेमा मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा उपचाररत शान्तिनगर गाउँपालिका वडा नम्बर ६ का ६५ बर्षीय पुरुषको गएराति पानै १२ बजे मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिनुभयो ।
माघ २ गते कोरोना पुष्टि भएका उनी त्यसै दिन भेरीको कोभिड आइसोलेसन वार्डमा भर्ना भएका थिए । यो संगै बाँकेमा बाहिरी जिल्लाका बाट उपचारका लागि आएका ८६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
तपाईंको प्रतिक्रिया