मुख्यमन्त्री पोख्रेलले भने- ‘विभेद विरुद्धको जागरणमा जुटौं’
तुलसीपुर ।
नेपाल उत्पिडित जातिय मुक्ती समाजको संयोजकमा चर्ण नेपाली चयन भएका छन । आईतबार दाङको घोराहीमा भएको भेलाले १ सय ६१ सदस्यीय सम्मेलन आयोजक कमिटि चयन गरेको हो । जिल्ला उपाध्यक्ष शंकर नेपालीको अध्यक्षतामा भएको कार्यक्रमलाई लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले सम्बोधन गरेका थिए ।
उनले विभेद विरुद्धको सामाजिक जागरण अझै बाकि रहेको बताएका थिए । सबैधानिक रुपमा जातिय विभेदको अन्त्य भएपनि सामाजिक रुपमा जागरण फैलाउन एक जुट भई बढ्नुपर्ने बताएका थिए ।
तपाईंको प्रतिक्रिया