चट्याङ लागेर श्रीमानको ज्यान गयो,श्रीमतीको उपचार हुदै

 माघ २४, २०७७

तुलसीपुर ।

चट्याङ लागेर रुकुम पश्चिममा एक जनाको ज्यान गएको छ । जिल्लाको मुसीकोट नगरपालिका ६ गवारीका अन्दाजी ४२र, ४३ बर्षका भिमबहादुर बोहराको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । शुक्रबार बेलुकी ८ बजेतिर परेको चट्याङ लागेर बोहराको ज्यान गएको हो ।

चट्याङ लागेर बोहराकी ३५ वर्षीया श्रीमती सीता घाइते भएको प्रहरीले जनाएको छ । घाइते सीताको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ । खाना खाएर अगेनाको आगो तापेर बसिरहेका बेला चट्याङ परेको थियो ।

तपाईंको प्रतिक्रिया