जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु

 माघ ३०, २०७७

तुलसीपुर ।
लमजुङको दोर्दी गाउँपालिका ६ सिमी गाउँ नजिकै जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । प्रदेश ३–०१–०२२ च १३८३ नम्बरको बोलेरो जिप हिजो साँझ ५ बजेतिर माथिल्लो सिमी र ताँजे गाउँ जाने दोबाटो नजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ । जिपमा सवार ३ जना घाइते भएको र घाइतेमध्ये २ जना स्थानीय स्कुले बालबालिका रहेको प्रहरीले बताएको छ ।

मृत्यु हुनेमा ताँजे क्षेत्रमा निर्माणाधिन पिपुल्स हाइड्रोपावर कम्पनी प्रालिद्वारा प्रवद्र्धित सुपरदोर्दी जलविद्युत आयोजना (ख) मा कार्यरत स्याङ्जा घर भएका ३४ वर्षका इन्जिनियर यदुनाथ भट्टराई, भानु नगरपालिका १०, तनहुँ घर भएका ४५ वर्षका इन्जिनियर प्रकाश लौडारी र जिप चालक खोटाङ घर भएका २६ वर्षका किशोर राई रहेको प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले बताउनुभयो ।

तपाईंको प्रतिक्रिया