अवैध सुन चाँदी सहित दाङमा दुई जना पक्राउ

 माघ ३०, २०७७

तुलसीपुर ।

अवैध सुन चाँदी सहित दाङमा दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा तुलसीपुर १७ बनकट्टा घर भई घोराही उपमहानगरपालिका वडा नम्बर १५ दिपशिखा डेरा गरि बस्ने बर्ष २५ का प्रकाश डागी र उनि सगै बस्ने भारतीय नागरीक बर्ष ३५ को पंकज कुमार गुप्ता रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

हिजो घोराही उपमहागरपालिका वडा नम्बर ३ गोग्लि स्थित अवैध सुन चाँदीको ओसार पसार गरी रहेका सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङवाट खटिएको प्रहरी टोलीले डागीको शरिर खानतलासी गर्दा सुनका ४ वटा बालाहरुको तत्काल तौल दुई सय आठ ग्राम र गुप्ताको साथबाट चाँदीका पाउजुहरुको तौल एक किलो पाँच सय पन्ध्र ग्राम बरामद गरिएको डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिनुभएको छ ।

डाँगी र गुप्ता माथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6

लोकप्रिय