नेता प्रभाकरले सल्यान पुगेर भने- ‘संसद पुनर्स्थापना हुन्छ’
सल्यान ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य जर्नादन शर्मा ‘प्रभाकर’ नेकपाको विवादलाई थाति राखेर निर्वाचन हुन नसक्ने बताउनुभएको छ । प्रधानमन्त्री केपि शर्मा ओलीले संसद विघटन गरेपछिको नेकपाको विवाद निर्वाचन आयोगमा बिचाराधिन अवस्थामा रहेकाले यस्तो अबस्थामा मध्यावधिक निर्वाचन हुन नसक्ने उहाँले बताउनुभएको हो ।
मंगलवार प्रेस संगठन नेपाल, सल्यानले खलंगामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै शर्माले यस्तो बताउनुभयो । स्थायी कमिटी सदस्य शर्माले नेकपा भित्रको विवाद पार्टी विशेषको नभई नयाँ प्रणाली (संघियता, धर्मरिपेक्षता, समानुपातिक समाबेशीता) को कार्यान्वयन गर्ने वा नगर्ने विचको लडाई भएको बताउनुभयो । अहिलेको पार्टी विभाजन पद, प्रतिष्ठाको लागी नभई राजनितिक स्थायित्व र समृद्ध नेपाल निर्माणको लागी भएको प्रभाकरको भनाई छ । शर्माले संसद पुर्नस्थापना हुनेमा आफ्नो पार्टी र जनता बिस्वस्त रहेको बताउनुभयो ।
फाईल फोटो
तपाईंको प्रतिक्रिया