रुबिनाले जितिन् ‘बिग बोस’ को उपाधि

 फागुन १०, २०७७

काठमाडौं ।

‘बिग बोस’को उपाधि रुबिना दिलाइकले हात पारेकी छिन् । भारतीय टेलिभिजन कलर्सबाट प्रशारण हुने ‘बिग बोस’ अन्तर्गत १४ औं संस्करणको उपाधि दिलाइकले हात पारेकी हुन् । बिजेता भएसँगै उनले ३६ लाख भारतीय रुपैयाँ पुस्कार पाएकी छिन् । बिग बोसमा जानुअघि उनी टेलिसिरियलमा काम गर्थिन् । यस्तै, बिग बोसको १४ औं सिजनको फर्स्ट रनरअप राहुल वैद्य बनेका छन्। यसअघि उनी इण्डियन आइडलको पहिलो सिजनमा पनि फर्स्ट रनर अप बनेका थिए ।

होस्ट सलमान खानले विजेताको नाम घोषणा गर्नुअघि फाइनलमा पुगेका सबै प्रतियोगीबीच विकल्प प्रस्तुत गरेका थिए । उनले १४ लाख भारतीय रुपैयाँ लिएर शो छोड्न सकिने बताउँदै प्रतियोगीलाई निर्णय गर्नका लागि ३० सेकेण्डको समय दिएका थिए । खानले दिएको यो विकल्प राखी सावन्तले रोजेकी थिइन् । बिग बोसलाई भारतको विवादित शो मानिएतापनि सबैभन्दा ठूलो रियालिटी शो हो ।

तपाईंको प्रतिक्रिया