कांग्रेस नेता गिरीलाई पितृशोक
तुलसीपुर ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्वमन्त्री दिपक गिरीलाई पितृशोक परेको छ । उनका बुवा ८३ वर्षीय लोकमणि गिरीको शनिबार दिउँसो पौने २ बजेतिर निधन भएको हो । तुलसीपुर स्थित घरमै बस्दै रहेका गिरी बिरामी भएपछि राप्ती प्रादेशिक अस्पताल लगिएको थियो । अस्पताल पुर्याएको केही बेरमै उनलाई चिकित्सकले मृत घोषणा गरेको आफन्तीले बताएका छन । स्वर्गीय गिरीकी श्रीमती र तीन छोरा तथा एक छोरी छन ।
उनको जातीय परम्परा अनुसार समाधि भोली पुख्र्यौली घर दंगिशरण गाउँपालिका वडा नम्बर ४ सुकदेवा गाउँमा गरिने भएको छ । प्रजातान्त्रिक आन्दोलनका अगुवा समेत रहेका गिरीको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली व्यक्त गर्न नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोईरालासहित नेताहरु दाङ आउने लुम्बिनी प्रदेश सभा सदस्य शंकर गिरीले जानकारी दिए ।
तपाईंको प्रतिक्रिया