चलचित्र पत्रकारिता कार्यशाला हुदै

 बैशाख ११, २०८१

तुलसीपुर । चलचित्र पत्रकारिता बारे कार्यशाला हुन लागेको छ । चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाको आयोजनामा जिल्लामै पहिलो पटक कार्यक्रम हुन लागेको हो ।  यहि वैशाख १३ देखि १५ गतेसम्म तुलसीपुरमा कार्यक्रम सञ्चालन हुने अध्यक्ष सन्तोष केसीले जानकारी दिएका छन ।

उक्त कार्यक्रममा कला क्षेत्रका विशिष्ठ व्यक्ती तथा वरिष्ठ चलचित्र पत्रकारहरुद्वारा रङ्ग पत्रकारिताका विविध आयामका बारेमा प्रशिक्षण,अन्तरक्रिया तथा सिनेमा क्षेत्रको समसामयिक विषयमा सामुहिक वहस हुने बताईएको छ । यसैविच कार्यक्रममा उपस्थितीका लागि चलचित्र पत्रकार संघले सबैमा अनुरोध छ ।

सिने क्षेत्रका बारेमा पहिलोपटक हुने लागेको कार्यक्रम महत्वपुर्ण रहेको हुदा सहभागिता जनाउन अध्यक्ष कसीले सबैमा आग्रह गरेका हुन । कार्यक्रम तुलसीपुर स्थित वेष्टर्न पार्टि प्यालेसमा हुने छ

तपाईंको प्रतिक्रिया