भोटेमेलाको तयारी तिब्र

 फागुन २३, २०७७

तुलसीपुर ।
तुलसीपुर उपमहानगरपालीका वडा नम्बर ७ कालाखोलामा सन्चालन हुन लागेको भोटेमेला तथा महोत्सवको तयारी तिव्र पारिएको छ । बर्षौअघि देखि लाग्दै आएको भोटेमेलाको संरक्षणका लागि यस बर्ष महोत्सवका रुपमा आयोजना गर्न लागिएको हो । फागुन २६ गतेदेखी चैत २ गते सम्म सन्चालन हुन लागेको ऐतीहासीक भोटेमेला तथा महोत्सवको तयारीलाई तिव्र पारिएको आयोजकले बताएको छ ।

तुलसीपुर एक्सप्रेस प्रालिको आयोजना तथा रानीघाट युवा क्लवको सहआयोजना र ७ नम्बर वडा कार्यालयको संरक्षकमा महोत्सव सन्चालन हुन लागेको हो । महोत्सव स्थलमा अहिले स्टल निर्माण, बालउद्यान मन्च व्यवस्थापन लगाएत कामहरु भैरहेको मेलाका सांस्कृतिक संयोजक दिपक कुमालले जानकारी दिए ।

हाल सम्म ५० भन्दा बढि स्टल बुकिङ भईसकेको पनि उनले जानकारी दिए । स्थानिय तथा राष्टिय स्तरका कलाकारको समेत प्रर्दशन सगैं लोकदोहरी प्रतियोगिताको आयोजना गरिएको छ ।महोत्सवमा प्रबेशका लागी बिद्यार्थीहरुलाई ४० र अन्यलाई ५० निर्धारण गरिएको छ । मेलाबाट बचत रकम मध्ये केहि स्थानिय मन्दिर व्यवस्थापनमा खर्च गरिने योजना रहेको बताईएको छ ।

तपाईंको प्रतिक्रिया