इंग्ल्यान्डविरुद्धको ट्वान्टी–ट्वान्टी शृंखलामा भारतकाेे जित

तुलसीपुर । भारतले इंग्ल्यान्डविरुद्धको ५ खेलको ट्वान्टी–ट्वान्टी शृंखला शनिबार ३–२ ले जितेको छ । निर्णायक खेलमा भारतले उत्कृष्ट ब्याटिङ गर्दै ३६ रनको जित निकालेपछि शृंखला उसको नाममा गएको हो ।
पहिले ब्याटिङ गरेको भारतले दुई विकेट गुमाएर २ सय २४ रन बनाएको थियो । यो इंग्ल्यान्डविरुद्ध उसको सबैभन्दा उच्च स्कोर हो । कप्तान विराट कोहली ५२ बलमा ८० रन बनाए र नटआउट रहे ।
यस्तै रोहित शर्माले ३४ बलमा ६४ रन जोडे । जवाफमा इंग्ल्यान्डले ८ विकेट गुमाएर १ सय ८८ रन मात्र बनाउन सक्यो । इंग्ल्यान्डका लागि डाविड मालनले ६८ बलमा ८३ रन बनाए पनि त्यो टिमलाई जिताउन पर्याप्त रहेन ।
अब मंगलबारदेखि तीन खेलको वान डे शृंखला सुरु हुनेछ ।
तपाईंको प्रतिक्रिया