अप्रिल फुलमा जे देखियाे

 चैत १९, २०७७


आज सामाजिक संजालमा विभिन्न धेरै फरक -फरक किसिमका सुखद अनि दु:खद सूचना अनि समाचारहरु देख्न पाईएको छ । सुखद समाचार अन्तर्गत धेरैको बिहे भएको छ, कतिपयको नेपाल भित्र यात्रा भएको छ ,त कतिपयको बिदेशको यात्रा तय भएको छ ,कसैलाई सरकारी सेवा प्रवेश गर्ने अवसर मिलेको छ । कतिको जन्मदिन परेको छ कतिको लभ परे र डेटिङ समेत फिक्स भएको छ। तपाईहरु सबैलाई मेरो शुभकामना छ बिहे गरेको लाई दाम्पते जिवनको ,यात्रा गर्नेहरुलाई शुभयात्राको, सरकारी सेवा प्रवेश गर्नेहरुलाई सफलकार्यकालको शुभकामना छ ।
दु:खद खबर अन्तर्गत धेरै साथीहरु दुर्घटनामा परि हस्पिटलमा भर्ना हुनुभएको छ कोहि हराए बेपत्ता हुनुभएको छ। दुर्घटनामा परेर घाइते हुनुभएकाहरुलाई स्वास्थ्य लाभको कामना छ । हराए र बेपत्ता भएका साथीहरुलाई खोजि गर्नको लागि पहल गर्ने मिडियाकर्मी साथीहरुलाई मेरो अनुरोध छ।

यस्तै बिहे दिनप्रतिदिन भैरहे नेपालमा जनसंख्या वृद्धि हुने कुरामा अबगत नै छ यसमा कुनै दुईमत छैन यो आजभएको बिहे के कसरी भएको हो कतै बालबिवाह त भएन यस बारेमा जानकारी लिई बालबिवाह गर्नेहरूलाई कार्बाही गर्न अनुरोध छ। बिदेश जानेहरुलाई पनि रोक्न अनुरोध छ यति धेरै जना एकैदिन बिदेशको यात्रा गरेर पछि नेपालमा बिकास गर्न कसैले बिदेश जादै गरेका युवाहरूलाई नेपालमै रोक्न नेपाल सरकारलाई मेरो अनुरोध छ। नेपालमा दिनप्रतिदिन वृद्धि भैरहेको दुर्घटना आज झन बढेको छ यसको लागि पनि नेपाल सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छ आज मात्रै मेरो धेरैजना साथीहरु दुर्घटनामा परेको जानकारी फेसबुकका भित्तामा आएको छ । अनि अर्को समस्या भनेको दिनप्रतिदिन बालबालिकाहरु हराएको समाचार आउथ्यो तर आज युवा ,युबतिहरु धेरै हराएको समाचार आएको छ ती युवा युवतीहरु कहाँ गए खोज्न विभिन्न मिडियाहरु आबद्ध मिडियाकर्मीलाई मेरो अनुरोध छ यस्ता धेरै सूचनाहरु फेसबुकका भित्तामा देखिन्छ । यस्ता धेरै धेरै समस्याहरु हाम्रो नेपालमा देखिएको छ यसमा सम्बन्धि निकायको ध्यानाकर्षण गराउन चाहान्छु।

आज धेरै साथीहरुले यस्तै यस्तै गरि अप्रिल फुल मनाउदै छन । खास यी कुराहरु हाम्रो नेपालमा अप्रिल फुलका दिनमा मात्रै नभएर दिनप्रतिदिन यस्ता घटनाहरु घटी रहेका छ्न त्यसैले हाम्रो गाउँ ,समाज ,देशमा हुने यस्ता घटनाहरु प्रति समबेदनशिल बनौं जिन्दगी आफैमा मजाक छ मजाक नबनौं
मुर्ख बनाउने र मुर्ख बन्ने भन्दा समाजमा हुने बिकृती बिसगती माथि औंला उठाउन यो मेरो एउटा सुझाव मात्रै हो अन्यथा नसोच्नु होला । यो मेरो ब्यक्तीगत विचार मात्रै हो मनोरञ्जन गर्ने पाउने तपाईको इच्छा हो ।

अप्रिल फुलको नाममा कसैलाई कति सम्म झुक्याउने भन्ने बारेमा आफैले सोचौं कसैलाई अप्रिल फुलको नाममा अनावश्यक दुख नदियौ कसरी कति सम्म ढाट झल गर्ने भन्ने बारेमा आफै सोचौं र समवेदनशील बनौं । बरु समाजमा दिनप्रतिदिन घट्ने यस्ता वास्तविक घटना प्रति ध्यान दियौं
सक्दो सहयोग आफ्नो क्षेत्र बाट सहयोग गरौं । तपाईंहरुले खुसीले मनाएको अप्रिल फुल दुखमा परिणत नहोस् दुखीलाई झन दुख नथपोस ।

भुवन केसी,रोल्पा

तपाईंको प्रतिक्रिया