६०३ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं ।
नेपालमा पछिल्लो २४ घन्टामा ६०३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ४२८९ पिसिआर र ४५१ एन्टिजोन परीक्षणमा ६०३ जना कोरोना भाइरसका संक्रमित थपिएका हुन् ।
पछिल्लो सोमबारदेखि आजसम्म १३ हजार५३ जनामा कोरोना परीक्षण गरिएको छ । जसमध्ये १५३६ जना संक्रमित भएका छन् भने ४२० जना संक्रमणमुक्त भएका छन् । हालसम्म मुलुकभर ४०५६ जना कोरोना संक्रमित छन् । जसमध्ये ३५९९ जना होम आइसोलेशनमा छन् भने ४५७ जना संस्थागत आइसोलेशनमा छन् ।
काठमाडौं उपत्यकामा मात्र २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भक्तपुरमा २०, ललितपुरमा ६१ र काठमाडौंमा १७३ जनामा कोरोना संक्रमण देखिएको हो ।
तपाईंको प्रतिक्रिया