त्रिकोणात्मक सिरिज जित्ने खेलाडीलाई ४–४ लाख दिइने

 बैशाख १५, २०७८

काठमाडौं ।

हालै त्रिकोणात्मक टि–२० क्रिकेट सिरिजको उपाधि जितेको नेपाली क्रिकेट टोलीका सदस्यलाई जनही ४ लाख रुपैयाँ प्रदान गरिने भएको छ । टोलीका २३ जना खेलाडीलाई सो नगद पुरस्कार दिने निर्णय मन्त्रीपरिषदले गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए ।

गुरुङका अनुसार राष्ट्रिय टोलीका ३ प्रशिक्षकले भने जनही २ लाख रुपैयाँ पाउनेछन् । काठमाडौंमा नेपाल, नेदरल्यान्ड्स र मलेसियाबीच भएको त्रिकोणात्मक सिरिज भएको थियो । त्यसमा नेपालले नेदरल्यान्ड्सलाई हराउँदै उपाधि जितेको थियो ।

तपाईंको प्रतिक्रिया