४ हजार ७७४ सङ्क्रमित थपिए, ७७३ निको भए

 बैशाख १५, २०७८

काठमाडौं ।

नेपालमा कोरोनाभाइरसका चार हजार ७७४ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १३ हजार ८७९ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा चार हजार ७७४ मा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित पत्रकार सम्मेलनको क्रममा चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या तीन लाख १२ हजार ६९९ पुगेको जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ७७३ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । सङ्क्रमित बढ्दै जाँदा र निको हुने कम हुँदा सङ्क्रमित निको हुने दर ८९.३ प्रतिशतमा झरेको छ । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ९५५ जनाको एन्टीजेन परीषण गरिएको छ । जसमध्ये १२३ मा पोजिटिभ पाइएको छ ।

तपाईंको प्रतिक्रिया