रोल्पाकी कोरोना संक्रमित महिलाको सल्यानमा निधन

तुलसीपुर ।
कोरोना संक्रमणबाट सल्यानमा उपचाररत एक संक्रमितको ज्यान गएको छ । जिल्ला अस्पताल सल्यानमा उपचाररत रोल्पा गगादेव गाउँपालीका ३ निवासी ४८ वर्षीया महिलाको ज्यान गएको अस्पतालले जनाएको छ ।
आज भर्ना हुनुभएकी उहाको कोरोना परिक्षण गर्दा पोजेटिभ देखिएको थियो । उहाको आज विहान ११.४५ मा ज्यान गएको स्वास्थ्य सेवा कार्यालय सल्यानका कोरोना फोकल पर्सन रिखाराम पुनले बताउनुभएको छ ।
तपाईंको प्रतिक्रिया