आज विश्व प्रेस स्वतन्त्रता दिवस

 बैशाख २०, २०७८

काठमाडौं । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन् । अध्यक्ष पोख्रेलले एक शुभकामना सन्देश जारी गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा निर्भिकतापूर्वक उभिई पत्रकारिताको माध्यमबाट राष्ट्र र समाजको हितमा काम गर्न हामी सबैलाई प्रेरणा मिलोस् भन्दै शुभकामना व्यक्त गरेका हुन् ।

‘प्रेस स्वतन्त्रता प्रेसको मात्र मुद्दा हैन, नागरिकहरूको सूसुचित हुन पाउने संवैधानिक हकलाई प्रचलनमा ल्याउनका लागि पनि प्रेस स्वतन्त्रता अनिवार्य हुन्छ । त्यतिमात्र हैन प्रेस स्वतन्त्रता समग्र समाजको लोकतान्त्रिकीकरणको अभियानको एउटा महत्वपूर्ण अंग पनि हो ।’, सन्देशमा उल्लेख छ ।

तपाईंको प्रतिक्रिया