आज कानून दिवस, न्याय पद्धति विकास गर्ने प्रतिबद्धता

 बैशाख २६, २०७८

काठमाडौं । आज राष्ट्रिय कानून दिवस । कोरोना महामारी नियन्त्रणका लागि देशका अधिकांश क्षेत्रमा गरिएको निशेधाज्ञाका कारण भर्चुअल माध्यमबाट आपसी शुभकामना आदानप्रदान गरी मनाइँदैछ ।

कानून दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जंगबहादुर राणाले आजको दिन न्याय, समानता एवम् विधिको शासनप्रति सम्मान र प्रतिवद्धता व्यक्त गर्ने दिन भएको भन्दै सहज पहुँचयुक्त तथा जनआस्थामा आधारित न्याय पद्धतिको विकास गर्न आजको दिनले थप उर्जा र हौसला मिल्ने विश्वास व्यक्त गरेका छन् ।

समानता र न्यायलाई नेपालको संविधानले आधारभूत संरचनाको रुपमा स्थापित गरेको स्मरण गर्दै प्रधानन्यायाधीश राणाले यो कानून दिवसलाई राष्ट्रिउ पर्वकै रुपमा मनाइनुपर्ने घारणासमेत विज्ञप्तिमा उल्लेख गरेका छन् ।

तपाईंको प्रतिक्रिया