चिनीयाँ खोप लगाएकालाई दोस्रो डोज जेठबाट

तुलसीपुर । कोभिड-१९ विरुद्धको चिनीयाँ खोप लगाएका व्यक्तिहरूलाई २ जेठबाट दोस्रो डोज लगाइने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पहिलो चिनीयाँ खोप भेरोसेल पहिलो डोज लगाएकालाई अब दोस्रो डोज लगाइने भएको हो। यसका लागि २ जेठबाट दोस्रो डोज अभियान थालिने मन्त्रालयले जनाएको छ।
गत २५ चैतदेखि १५ वैशाखसम्म १८ देखि ५९ वर्षसम्म व्यक्तिलाई भेरोसेलको पहिलो डोज लगाइएको थियो। उनीहरूलाई पालैपालो दोस्रो डोज लगाइनेछ।
यसका लागि काठमाडौं उपत्यका विभिन्न स्थानीय तहमा खोप केन्द्र तोकेको छ। काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा खोप केन्द्र तोकिएको छ भने अन्य स्थानीय तहमा पनि कम्तिमा एउटा खोप केन्द्र तोकिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।
तपाईंको प्रतिक्रिया