बाँकेमा थप १७ संक्रमितको मृत्यु
नेपालगञ्ज । कोरोना संक्रमणबाट गम्भीर अवस्थामा पुगेका विरामीहरुको उपचार भैरहेको यहाँस्थित भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेजमा गएरातीदेखि बुधबार बिहानसम्म थप १७ जना संक्रमितको मृत्यु भएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार भेरी अस्पतालमा ९ जना र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ८ जना गरि १७ जना संक्रमितको उपचारमा क्रममा मृत्यु भएको हो ।
मृत्यु हुनेहरुमा नेपालगञ्ज उपमहानगरपालिका–१८ बाँकेका ७३ वर्षीया महिला, गढवा गाउँपालिका–७ दाङका ३० वषीया महिला, सानोभेरी नगरपालिका–११ रुकुम पश्चिमका ३६ वर्षीय पुरुष, कोहलपुर नगरपालिका–१२ बाँकेका ४१ वर्षीय पुरुष, बढैयाताल गाउँपालिका–२ बर्दियाका ८४ वर्षीय पुरुष हुनुहुन्छ ।
त्यस्तै नेपालगञ्ज उपमहानगरपालिका–६ बाँकेका ४५ वर्षीय पुरुष, राप्तीसोनारी गाउँपालिका–२ बाँकेका ५९ वर्षीया महिला, टिकापुर नगरपालिका–१६ कैलालीका २८ वर्षीय पुरुष, कोहलपुर नगरपालिका–११ बाँकेका ५८ वर्षीया महिला र नेपालगञ्ज उममहानगरपालिका–३ बाँकेका ६१ वषीय पुरुषको समेत कोभिड संक्रमणकै कारण मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले बताउनुभयो ।
उहाँका अनुसार त्रिवेणी गाउँपालिका–१ रुकुम पश्चिमका २७ वर्षीया महिला, नेपालगञ्ज उपमहानगरपालिका–४ बाँकेका ६७ वर्षीय पुरुष, कोहलपुर नगरपालिका–४ बाँकेका ४२ वर्षीय पुरुष, ठाकुरबाबा नगरपालिका–९ बर्दियाका ६३ वर्षीय पुरुष, ठाकुरबाबा नगरपालिका–१ बर्दियाका ३८ वर्षीया महिला, तुलसीपुर उपमहानगरपालिका–२ दाङका ६५ वर्षीय पुरुष र लम्कीचुहा नगरपालिका–५ कैलालीका ६८ वर्षीया महिलाको पनि संक्रमणकै कारण मृत्यु भएको हो ।
एकै रातमा यति धैरै संक्रमितहरुले ज्यान गुमाएको यो पहिलो पटक भएको पनि फोकल पर्सन ओलीले बताउनुभयो ।
तपाईंको प्रतिक्रिया